नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्षकाे मन्तब्य:
उप नगरप्रमुख श्रीमान स्यू वन छ्याङ् तथा पदाधिकारीज्यूहरु।
यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकाका उप प्रमुख कमरुद्दिन राई ज्यू तथा अन्य सहभागीहरु।
नेपाल-चीन पारस्परिक सहयोग समाजका पदाधिकारी ज्यूहरु तथा अन्य सहभागीहरु।
सर्वप्रथम सबैलाई हार्दिक अभिवादन🙏
स्वइ निङ्ग जनसरकार, सिछुवान चीन र नेपालगञ्ज उपमहानगरपालिका बीचको ऐतिहासिक भिडियो अन्तरक्रिया सम्मेलनमा सहभागी हुन पाउँदा गाैरवान्वित भएको छु। अाजकाे यस महत्त्वपूर्ण क्षणमा अाफ्नाे भनाइ राख्न चाहन्छु।
नेपाल र चीन बीचको सम्बन्ध पाँच हजार बर्षभन्दा पुरानो र एक परिवारकाे सम्बन्ध रहेको छ। समयक्रममा काम र सुरक्षित अावासकाे खाेजी लगायत विविध कारणले हामी एकअर्काबाट भाैगाेलिकरुपमा टाढिएकाेले यतिबेला दुईवटा देशमा रहे बसेका छाैं। यद्यपि हामी बीच विश्वमै सानो र ठूलो देशबीचको अद्वितीय सम्बन्ध रहेको छ। यो सम्बन्धलाई नेपाल र चीनका नेताहरूले नङ्ग र मासुकाे सम्बन्ध, सगरमाथा र नदिहरुसँगकाे सम्बन्धका रुपमा उल्लेख गर्ने गर्नुभएको छ। मेरो बुझाइ र विचारमा नेपाल र चीनको सम्बन्ध मुटु र रगतको सम्बन्ध रहेको छ। जाे कहिल्यै अलग हुनसक्दैन। हामी बीचको एकता, अापसी विश्वास, भराेसा र दुई पक्षीय सहयोग तथा अनुभव अादान-प्रदानबाट अझ सुमधुर, सुदृढ, प्रभावकारी र एक परिवारकाे सम्बन्ध पुनराेदय हुनसक्छ भन्ने मेरो विश्वास छ।
चीनमा जन्मिएका मञ्जुश्री काठमाडौं उपत्यका अाएर नागार्जुनकाे डाँडाे काटी बस्ती बसाएका थिए। भने, नेपालबाट प्रसिद्ध कलाकार अरनिको चीनमा गएको र उनलेे त्यहाँ सेताे चैत्य (ह्वाइट पगाेडा) लगाएत थुप्रै चैत्य गुम्बा र विहार बनाएकाे साथै अरनिको चीनको विभिन्न स्थानमा जाने क्रममा विवाह गरेको, नेपालकाे राजकुमारी भृकुटीकाे विवाह तिब्बतका राजा स्रङ्चङ गम्पाेसँग भएको, लगाएतका घटनाक्रम दुई देशको इतिहासमा उल्लेख छ।
चिनियाँ पर्यटक हुयान शाङ्ग नेपाल भ्रमणमा अाएकाे लगाएतका समृद्ध इतिहास हामीसँग छ। यसले थप के प्रष्ट गर्दछ भने नेपाल र चीनबीचकाे सम्बन्ध विश्वमा नै विशिष्ट थियो। नेपाल र चीनको तिब्बतमा एउटै सिक्का चल्थ्याे, व्यापार र राेजगारीमा जाने-अाउने विशेष सम्बन्ध थियो। चीनको तिब्बतका राजाका भाइसँग ईशापूर्व १२९५ मा खस राजाको छाेरीकाे विवाह गरिदिएको र पछि खस राजाले अाफ्नाे छाेरी-ज्वाँईलाई राजकाज चलाउन दिएको इतिहास साक्षी छ। यसैको सम्झनामा ईशापूर्व १३०५ मा काँक्रेबिहार निर्माण भएको थियो। उक्त विहार वि.सं. १९९० सालको भूकम्पमा ध्वस्त भएको थियो। अहिले पुनर्निर्माण गरिएको छ। छिमेकी सुर्खेत जिल्लामा अवस्थित यो काँक्रेविहार चीनको सिल्क राेडलाई जाेड्ने "भुरीगाउँ तेलपानी" लिङ्कराेडकाे साक्षी पनि हो। नेपाल र चीन बीच परापूर्वकालदेखि साँस्कृतिक, धार्मिक, अार्थिक, कुटनैतिक, राजनीतिक लगायत बहुअायामिक सुमधुर सम्बन्ध रहेको छ।
विश्वप्रसिद्ध पूर्वीय सभ्यताको प्रचारक दयाकी देवी क्वानयिङकाे स्वइ निङ जन्मस्थल रहेको लाेकाेक्ती रहेको छ। भने नेपालगञ्जमा दया र करुणाकि देवी बागेश्वरी माताकाे पुरानो र प्रसिद्ध मन्दिर छ। बागेश्वरी माताकाे मन्दिर अगाडिको पाेखरीमा विश्वकाे एकमात्र जुङ्गे महादेवकाे मूर्ति रहेको छ। यी दुवै पूर्वीय सभ्यताका प्रतीक हुन। चीनको स्वइ निङकाे क्वानयिन, कैलाश मानसरोवर, नेपालकाे काँक्रेबिहार, बागेश्वरी माताकाे मन्दिर र जुङ्गे महादेव र लुम्बिनी चिनियाँ, नेपाली, भारतीय र विश्वभरिका बाैद्ध र हिन्दू धर्मावलम्बी पर्यटकको धार्मिक गन्तब्यकाे नयाँ सर्किट बन्नसक्छ। यसाे हुनसक्याे भने यसले चीन र नेपालकाे साझा भाग्य र भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
यतिबेला, स्वइ निङ शहर र नेपालगञ्ज शहरबीच संस्कृति, पर्यटन र स्वास्थ्य यी तीन विषयमा महत्त्वपूर्ण समझदारी हुँदैछ। यो समझदारी यी दुई शहरको साझा भाग्य र भविष्य निर्माणकाे काेसेढुङ्गा साबित हुनेछ, विश्वास लिएको छु।
म चीनको स्वइ निङ पहिलोपटक सन २०११ मा गएको थिएँ। त्यतिबेला भर्खरै भर्खरै चाैंडा सडकहरू निर्माण भएका थिए। शहरको छेउमा रहेको नदिमा माेटरबाेट चढेर रमाइलो गरेको थिएँ। जाे यतिबेला लाेटस पार्कमा रुपान्तरण भइसकेको छ। विश्वका कतिपय देशबाट ल्याइएको कमलकाे फुलहरु देख्न सकिन्छ यहाँ। भने प्रसिद्ध क्वानयिन बुद्धकाे मन्दिर पनि यहीँ छ। नदि र मानवजीवनकाे संगम र त्यसबाट सिर्जित सुन्दरता स्वइ निङमा देख्न सकिन्छ। यो शहरले हरियालीलाई निकै महत्त्व साथ समाविष्ट गरेको छ। यहाँका मानिसहरू अत्यन्तै सहयोगी, मिलनसार, अात्मीय र रमाइलो स्वभावका छन्। स्वइ निङले पर्यटन, संस्कृति, स्वास्थ्य तथा शिक्षालाई निकै महत्त्वसाथ अगाडि बढाएको छ। मैले स्वइ निङका मेरा मित्रहरूलाई यतिबेला फेरि एकपटक सम्झिएकाे छु। स्वइ निङलाई स्वच्छ, सफा, हरियाली, समृद्ध र विकसित बनाउन भूमिका खेल्नुहुने चिनियाँ मित्रहरूप्रति सम्मानसाथ अाभार ब्यक्त गर्दछु। म सन २०११ पछि स्वइ निङ पटकपटक गइसकेको छु। हरियाली, सफा र सुन्दर शहर स्वइ निङले मेरो मन जितेको छ र घरीघरी जान मन लागिरहन्छ।
नेपालगञ्ज मेरो बुवाकाे हाेमटाउन हो। मेरो बुवा यही नेपालगञ्ज शहरमा हुर्कनु, पढ्नु र बढ्नु भएको हो। यहाँको माटो र हावापानी हाम्रो शरीर र जीवनसँग मिसिएको छ। नेपालगञ्ज नेपालकै ऐतिहासिक शहर मात्रै नभइ पर्याप्त सम्भावना र उज्यालो भविष्य बाेकेकाे शहर पनि हो। यो शहर जातीय र धार्मिक सहिष्णुताकाे नमूना शहर पनि हो। अब यस क्षेत्रकाे विकास र समृद्धिकाे नेतृत्व नेपालगञ्जले गर्ने समय अाएकाे छ। अाज यो ऐतिहासिक घडीमा म निकै प्रफुल्ल र अाशावादी भएको छु। सन १९८७ देखि अाैपचारिक रुपमा नेपाल र चीन बीचको सम्बन्धलाई अझ प्रगाढ, सुमधुर र प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्दै अाएकाे मेरालागि अाजकाे दिन खुशी, उमंग र सफलताकाे दिन हो। समयक्रममा काम र सुरक्षित अावासकाे खाेजी लगायत विविध कारणले एकअर्काबाट भाैगाेलिकरुपमा टाढिएका परिवारकाे पुनर्मिलन भएको महशुस गरेको छु। स्वइ निङ र नेपालगञ्ज संस्कृति, पर्यटन र स्वास्थ्यकाे क्षेत्रमा सँगसँगै हातेमालो गरेर अगाडि बढ्न सहमत भएका छन्। हामीबीचकाे एकता, अापसी विश्वास, सहकार्य र सहयोग अादान-प्रदान यो क्षेत्रमै उत्कृष्ट उदाहरण बन्नेछ, विश्वास लिएको छु। अाज यी दुई शहरबीच हुँदै गरेको तीनबुँदे सम्झौताले दुवै देशका जनता, उद्योगी, ब्यवसायी, कला-संस्कृति, शिक्षा-स्वास्थ्य लगायतकाे समग्र उत्थानमा भूमिका खेल्नेछ। अाजदेखि हामी अझ शक्तिशाली र प्रभावकारी भएका छाैं।
अन्त्यमा, यस कार्यमा सहभागी उप नगरप्रमुख श्रीमान स्यू वन छ्याङ् तथा पदाधिकारीज्यूहरु, नेपालगञ्ज उपमहानगरपालिकाका उप प्रमुख कमरुद्दिन राई ज्यू तथा अन्य सहभागीहरु र नेपाल-चीन पारस्परिक सहयोग समाजका पदाधिकारी ज्यूहरु तथा अन्य सहभागीहरुलाई विशेष धन्यवाद तथा अाभार ब्यक्त गर्दछु।
सबैलाई पुनः नमस्कार ! सुखी, समृद्ध र उज्यालो भविष्यका लागि हार्दिक शुभकामना🌹🙏
नेपाल-चीन बीचको सम्बन्ध अमर रहाेस्।
प्रेम सागर पाैडेल
अध्यक्ष
नेपाल-चीन पारस्परिक सहयोग समाज